सोंच
सुन्तलाजात फलफूल लगायत सम्पूर्ण वागवानी क्षेत्रका वालीनालीहरूको विकासमा सहयोग गर्दै सम कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने ।
लक्ष्य
सुन्तलाजात फलफूलको उत्पादन र उत्पादकत्व वृद्धि गरि दिगो आर्थिक अवसरहरू सृजना गरि राष्ट्रक समग्र विकासमा टेवा पुर्याउने ।
अल्पकालिन उद्देश्य
- फलफूल विकासका क्षेत्रमा फलफूलको सर्वाङ्गिण विकासका लागि उपयुक्त वातावरण सिर्जन गर्ने ।
- गुणस्तरिय विभिन्न उन्नत जातका कलमी तथा विजु बिरूवा उत्पादन तथा विक्री वितरण ।
- निजी स्तरमा फलफूल नर्सरी तथा व्यवसायिक फलफूल बगैंचाहरू स्थापनामा प्राविधिक सेव पुर्याउने ।
- नेपालको फलफूल क्षेत्रलाई प्रतिस्पर्धि बनाउँदै विद्यमान परिवेशमा पहिचान स्थापित गराउने ।
- प्रदेश र स्थानीय तहमा फलफूल विकासका लागि सहकार्य र समन्वय गर्ने ।
- केन्द्रका कार्यक्षेत्र भित्र रहेका नर्सरीहरूलाई गुणस्तरीय र विशिष्टकृत स्रोत केन्द्रको रूपमा विकास गर्नुका साथै क्षेत्रफल विस्तार गर्न सहयोग गर्ने ।
- जातिय ह्रास हुनबाट बचाई गुणस्तरीय प्यूठाने रातो मुलाको वीउ उत्पादन गरी कृषक/कृष समूहहरूलाई उपलव्ध गराउने ।
- स्थानीयस्तरका कृषकहरूलाई मौसम अनुसारको तरकारीका वेर्ना उत्पादन गरी विक्री वितरण गर्ने
- वागवानी सम्बन्धी प्रशिक्षणका लागि प्रशिक्षक उपलव्ध गराउने ।
- प्राविधिक सेवा स्थलगत लक्ष्यानुसार र केन्द्रबाट माग भए वमोजिम प्रदान गर्ने ।
दिर्घकालिन उद्देश्य
- सुन्तलाजात फलफलको उत्पादन र उत्पादकत्व वद्धि गरी कषकको आयस्तर वढाउने ।
- वागवानी विकासको माध्यमबाट भू-क्षय हुन बाट बचाई वातावरण संरक्षण तथा कार्बन स्थिरीकरणमा सहयोग पुऱ्याउने ।
- वागवानीमा आधारित साना मझौला तथा ठूला उद्योगहरू स्थापना गराउन सहयोग पुऱ्याईरोजगारीको अवसरमा वृद्धि गराउने ।
- फार्म केन्द्रहरूमा सफल भएका तथा व्यवसायिक रूपमा सफलसिद्ध फलफूलका जातहरू क्रमश र जिष्ट्रेसन को लागि समन्वय गर्ने ।
- जर्मप्लाज्म संकलन एवं सम्बर्धन गर्दै जाने ।
