- सुन्तलाजात फलफूलको जातीय संरक्षण एवं सम्वर्द्धन ।
- सुन्तलाजात फलफूल विकास सम्वन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमा राष्ट्रिय फलफूल विकास केन्द्रलाई पृष्ठपोषण सम्बन्धी कार्य ।
- सुन्तलाजात फलफूलका प्रसारण सामग्री उत्पादन तथा वितरण ।
- सुन्तलाजात फलफूल उत्पादन तथा विकास सम्बन्धमा उत्पादक कृषकलाई तालिम प्रदान गर्ने,
- सम्बन्धित विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
- सुन्तलाजात फलफूल विकास सम्बन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसँग समन्वय एवं सहकार्य गर्ने ।
- फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने ।
- सम्बन्धित विषयको समस्या समाधानका लागि स-साना कार्यमुखी (Action oriented) अध्ययन परीक्षण संचालन गर्ने ।
- सुन्तलाजात फलफूल विकास सम्बन्धमा राष्ट्रिय श्रोत केन्द्रको रूपमा कार्य गर्ने ।
- समयमा कार्यसम्पादनको प्रगति विवरण राष्ट्रिय फलफूल विकास केन्द्रलाई उपलब्ध गराउने ।
Copyright © 2026. All rights reserved.