नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

राष्ट्रिय फलफूल विकास केन्द्र

सुन्तलाजात फलफूल विकास केन्द्र

तानसेन, पाल्पा

परिचय

वि.सं. २०२५ सालमा कृषि फार्म प्रयोगशालाको नाममा स्थापित भई वि.सं.२०४९/५० मा नाम परिवर्तन भई वागवानी फार्म पाल्पा नामाकरण भएको । वि.सं.२०५२ सालमा पुनः वागवानी केन्द्र नामाकरण गरिएको । पछि २०६१/८/४ को निर्णयले सुन्तलाजात फलफुल विकास केन्द्र, पाल्पा नामाकरण भएको छ । हाल सुन्तलाजात फलफुल विकास केन्द्र, पाल्पा नामाकरण गरिए तापनि पुरानो वागवानी फार्म/केन्द्रले पु¥याउदै आएको सम्पूर्ण वागवानी सेवाहरु यथावत राखी सुन्तलाजात फलफुलहरुको स्रोत केन्द्रको रुपमा विकास गरिदै लगिएको  छ । 
यस केन्द्रले वर्षेनी फलफुलतर्फ सुन्तलाजातका (सुन्तला, जुनार, कागतीका विभिन्न जातका), विभिन्न फुलका विरुवाहरु तथा तरकारी विउ उत्पादन तर्फ मूला (प्यूठाने रातो) सिमी (चौमासे) र प्याज (एग्रीफाउण्ड डार्करेड) जातका श्रोत बीउहरु उत्पादन गरी माग अनुसार सुलभ तरिकाबाट विक्री वितरण गर्दै आइरहेको छ । 
यस केन्द्रमा उच्च पहाडदेखि तराईमा हुने फलफुलहरु धेरै मात्रामा फल्दै आइरहेको देख्न पाइन्छ जस्तै आंप, लिची, कटहर, स्याउ, नास्पाती, आरु, ओखर, आरुवखडा, सुन्तला, कागती, जुनार, केरा, भोगटे, कफी आदि रहेका छन ।
केन्द्रले दक्ष जनशक्ति विकासमा टेवा पुग्ने उद्देश्यले वार्षिक रुपमा कृषकस्तरमा विभिन्न तालिमहरु समेत सञ्चालन गर्दै आइरहेको छ । जसबाट दक्ष जनशक्ति उत्पादन हुनमा टेवा पुग्ने आशा लिएको छ ।