नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

राष्ट्रिय फलफूल विकास केन्द्र

सुन्तलाजात फलफूल विकास केन्द्र

तानसेन, पाल्पा

कार्य विवरण

● सुन्तलाजात फलफूलको जातीय संरक्षण एवं सम्बर्द्वन, 
● सुन्तलाजात फलफूल विकास सम्वन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा राष्ट्रिय फलफूल विकास केन्द्रलाई पृष्ठपोषण सम्बन्धी कार्य गर्ने,
● सुन्तलाजात फलफूलका प्रसारण सामग्री उत्पादन तथा वितरण गर्ने,
● सुन्तलाजात फलफूल उत्पादन तथा विकास सम्बन्धमा उत्पादक कृषकलाई तालिम प्रदान गर्ने,
● सम्बन्धित विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने,
● सुन्तलाजात फलफूल विकास सम्बन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसँग समन्वय एवं सहकार्य गर्ने,
● फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने,
● सम्बन्धित विषयको समस्या समाधानका लागि स-साना कार्यमुखी (Action-oriented) अध्ययन परीक्षण संचालन गर्ने, 
● सुन्तलाजात फलफूल विकास सम्बन्धमा राष्ट्रिय श्रोत केन्द्रको रुपमा कार्य गर्ने ।
● समयमा कार्यसम्पादनको प्रगति विवरण फलफूल राष्ट्रिय फलफूल विकास केन्द्रलाई उपलब्ध गराउने ।